१३ बैशाख २०८१, बिहीबार
Follow Us

एकदिवसीय क्रिकेटको मान्यता पाउनु नेपालीको गौरव — एनआरएन

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७४, मंगलवार २०:२३

लन्डन ।
गैर आवासीय नेपाली संघले नयाँ इतिहास रच्दै पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाउनु समस्त नेपालीको गौरवको विषय भनेको छ । प्रवक्ता भुषण घिमिरेद्वारा जारी बिज्ञप्तिमा
क्रिकेट टोलीको अथक मिहेनतबाट प्राप्त यो सफलताले नेपालीहरुमा खेल क्षेत्रप्रति नयाँ आशा पलाएको उल्लेख छ ।

बिज्ञप्तिमा क्रिकेट टोलीको अथक मिहेनतबाट प्राप्त यो सफलताले नेपालीहरुमा खेल क्षेत्रप्रति नयाँ आशा पलाएको छ । नेपाली क्रिकेट टिमको यस सफलताले विश्वभर फैलिएर रहेका नेपालीहरुले गर्वको अनूभूति गर्न पाएका छन् । यस अवसरमा नेपालको यस सफलताका लागि क्रिकेट टोलीलाई हार्दिक बधाई दिंदै उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।

नेपाली क्रिकेट टोलीले आगामी दिनमा पनि प्राप्त सफलतालाई स्थापित गरी अघि बढ्ने विश्वास लिएका छौं । साथै सम्पूर्ण क्रिकेटप्रेमीहरु प्रति गैरआवासीय नेपालीहरुको साथ, सहयोग, सद्भाव र शुभेच्छा सदैव रहने विश्वास दिलाउन चाहान्छौं उल्लेख छ ।