१५ बैशाख २०८१, शनिबार
Follow Us

बलेवा बिमानस्थलमा भाडादर महङ्गो भएको भन्ने जनगुनासो

sarusaru
७ चैत्र २०७४, बुधबार ०५:०२

सरु पौडेल , काठमाण्डौ – २६ वर्षपछि पुनः सञ्चालनमा आएको बलेवा बिमानस्थलको भाडादर रु.६५०० तोकिएको छ । निरन्तर रुपमाा बिमान चल्न थालेपछि भाडादर समायोजन हुने कुरा प्राधिकरण तथा बाग्लुङ नगरपालिकाले जनाएको छ । यद्यपि भाडामा तीन–चार सयमात्र तल माथि हुने कुराले भने सर्वसाधारण जनतामा गुनासो उत्पन्न भएको छ । महङ्गो भाडा बनाएपछि ठूला ठूला नेता तथा धनाढ्यहरु मात्र जहाज चढ्न पाउने तर सर्वसाधारणलाई भने यसले कुनै फाइदा नपु¥याउने तथा केही समयपछि बिमानस्थल पुन ः बन्द गर्ने षड्यन्त्र हो भन्न थालेका छन् सर्वसाधारणहरु ।
काठमाण्डौ देखि पोखराको भाडादर रु ४५०० को हाराहारीमा छ तर पोखराबाट बाग्लुङ जान जम्मा ३७ किलोमिटरको बाटो छ । गाडीमा दुई घण्टामा सहजै पुग्न सकिन्छ । त्यति दुरीको फरकमा २००० भाडा बढी छ । काठमाण्डौ देखि बाग्लुङको दुरी १८२.२६ किलोमिटर छ । छोटो दुरीमै भाडादर महङ्गो भएको जनगुनासो छ ।
सोमबार तारा एयरको सबमानले परीक्षण उडान सफल अवतरण गरेको थियो । त्यसपछि यही चैत्र ९ गतेदेखि हप्तामा एकदिन तारा एयर र एक दिन नेपाल वायु सेवा निगमले उडान भर्ने भएका छन् ।