८ बैशाख २०८१, शनिबार
Follow Us

मानसिक अपाङ्ग १५ वर्षीय बालिकामाथि १३ दिनसम्म सामूहिक बलात्कार

sarusaru
७ चैत्र २०७४, बुधबार ०५:२३

काठमाडौं। मानिसक अपाङ्गता भएको १५ वर्षीया बालिकामाथि समूहिक बलात्कार भएको छ। कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिकालाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन्। घटनामा सातजना भन्दा बढी संलग्न थिए। बालिकामाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ। बाँकीको खोजी भइरहेको छ।

घटनाको विवरण अहिले गोप्य राखिएको छ, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने। परिसरका डिएसपी मोहन थापाले बालिकालाई बसका चालक सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए।
– नयाँ पत्रिकाबाट ।