१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७४, बुधबार ०६:१८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज मनाईदै छ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।

सुरुमा कम्युनिष्टप्रति असहिष्णु देखिएका कोइराला जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्दै शान्ति सम्झौता र संविधान निर्माण प्रक्रियाको सूत्रधार बन्नुभएको थियो । कोइरालाको निधनको आठ वर्षपछि मुलुक नयाँ संविधानमार्फत भएको निर्वाचनबाठ संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।