७ बैशाख २०८१, शुक्रबार
Follow Us

यूसीएल नेपाली विद्यार्थी समाजको अध्यक्षमा शाहिल कैनी निर्वाचित

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७४, बुधबार २१:१३

लन्डन । युनिभर्सिटी कलेज लण्डन (यूसीएल) को नेपाली विद्यार्थी समाजको अध्यक्षमा शाहिल कैनी निर्वाचित भएका छन् । यसै हप्ता सम्पन्न भेलाले सर्वसम्मत रुपमा अध्यक्षको रुपमा उनलाई चयन गरेको हो । उक्त कार्य समितिमा रोहण रेग्मी उपाध्यक्ष, प्राग खनाल महासचिव र अभियान भण्डारी कोषाध्यक्ष चुनिएका छन् । त्यसै गरी गभिथुसन जयकुमार इभेन्ट अफिसर, गणेश खड्का वेलफेयर अफिसर एवं सोसाईटी प्रतिनिधि, आदित्य निरौला सोसिएल मेडिया अफिसर, आदर्श अर्याल सांस्कृतिक निर्देशकको रुपमा चुनिएका छन् ।

सन २०१४ मा स्थापित यूसीएल नेपाली विद्यार्थी समाजले नेपाली बिद्धार्थीहरुको बिचमा भाईचारा बढाउने, अन्तरक्रिया गर्ने, एकापसमा सहयोग गर्ने, नेपाल र नेपालीलाई चिनाउने आदि उद्येश्य लिएको छ ।

सन् १८२६ मा स्थापना भएको यूसीएल बिश्व कै प्रतिष्ठित बिस्वबिद्ध्यालयको रुपमा चिनिन्छ । गत बर्ष सेप्टेम्बर २०१७ मा टाइम्स हाईएर एजुकेसनको विश्व बरियता क्रममा यूसीएल सोर्ह्यौ स्थानमा पर्न सफल भएको थियो । हाल उक्त बिश्वबिद्द्यालयमा विभिन्न बिभाग अन्तर्गत करिव ५० नेपाली छात्राछात्रहरु अध्ययनरत छन् । १५० देशका करिव ३८ हजार विद्यार्थी अध्ययन गर्ने यूसीएलमा करिव ११ हजार शिक्षक र कर्मचारी काम गर्छन ।