१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रकाश न्यौपाने सम्भावना बोकेका युबा गायक

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७४, बुधबार २१:१५

युबा पुस्तामाझ लोकप्रियता कमाई रहेका आर एन्ड बी गायक प्रकाश न्यौपाने नेपाली सँगितमा सकृय हुँदै अगाडी बढिरहेका सम्भावना बोकेका गायक हुन ।

सिर्जनशिल गायक आफैं संगित सिर्जना र शब्द लेखनमा पनि उत्तिकै दक्खल राख्दछन ।
आफ्नो कतिपय गीतहरुको शब्द / सँगित गायक प्रकाश न्यौपानेकै रहने गरेको छ ।

तीन वटा गिती एल्बमहरु ‘प्रकाश ट्युन्स’, ‘फ्युजन’, र ‘द राईज’ यस अगाडी नै बजारमा ल्याई सकेका गायकको नयाँ गीतहरु गायकले सार्बजनिक गरी रहेका छन ।
अधिकांश डिजिटल म्युजिक स्टोरहरुमा उन्का गित र एल्बमहरु उपलब्ध रहेका छन ।
जि युनिटी ब्याण्डसँग आबद्द गायक प्रकाश अहिले भने ब्याण्ड देखी अलग भएर आफैँ साँगितिक यात्रामा अघी बढिरहेका छन ।

बाँके कोहलपूर देखी राजधानी पसेका गायक प्रकाश न्यौपानेले छोटो समयमा नै महत्वपूर्ण साँगितिक फड्को मारिसकेका छन ।

छिट्टै अर्को भिडियो सार्बजनिक गर्ने तयारिमा जुटिरहेका गायकले आफुलाई नेपाली आर एण्ड बि संगितमा अब्बल गायकको रुपमा स्थापित गर्न नयाँ नयाँ गीत सिर्जनामा तल्लिन बनाई रहेका छन ।