११ बैशाख २०८१, मंगलवार
Follow Us

नेफिन यूकेले जनजाति नेताहरुसंग अन्तरकृया गर्ने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७४, बुधबार २३:१८

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले जनजाति नेताद्धय सुरेश आलेमगर र बालकृष्ण माबुहाङसंग अन्तरकृया गर्ने भएको छ । नेफिन यूकेको निमन्त्रणामा हाल बेलायत आएका नेताद्धय बिभिन्न औपचारिक कार्यक्रमहरुमा ब्यस्त छन् ।

बिगत ४३ देखि आदिवासी जनजातिहरुको आन्दोलनमा सक्रिय सुरेश आलेमगर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ नेता हुन् भने त्रिभूवन विश्वबिद्यालयका सह–प्राध्यापक बालकृष्ण माबुहाङ नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिब हुन् । जनजातिहरुको मुद्दाहरुमा थुप्रै कलम चलाउनुभएका माबुहाङ हाल नेफिन केन्द्रका सल्लाहकार पनि हुन् । सुरेश आलेमगर नेफिनका संस्थापक महासचिब पनि हुन् ।

पश्चिम लण्डनको नर्थहोल्टस्थित गोल्डेनसिप रेस्टुराँमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम दिउँसो ४ बजे शुरु भएर बेलुकी ८ बजेसम्म चल्ने नेफिन यूके महासचिब खुशी लिम्बुले बताए । कार्यक्रममा बिभिन्न जातीय संस्थाका प्रतिनिधिहरु, प्रमुख राजनैतिक दलका बरिष्ठ सदस्यहरु, जनजाति अगुवाहरु र प्राज्ञिकहरुलाई निमन्त्रणा गरिएको पनि लिम्बुले बताए ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महिला महासंघ (नेआजमम) यूके र फोनिज यूकेसंगको सहकार्यमा गर्न लागेको हो ।