१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हुम्लामा एक्कासि हिमपात, हवाइयात्रु प्रभावित

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७४, बिहीबार ०४:३७

सिमीकोट । गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।