१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ देखि २५ सम्म

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७४, बिहीबार ०५:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ । उनी चैत २३ देखि २५ सम्म भारत आउने घोषणा केहि दिनमा हुने छ । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् ।
दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र पठाइसकेका छन् । नेपाली दूतावासका प्रबक्ता हरि ओडारीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको तर मिति घोषणा भै नसकेको बताए । कुटनीतिक श्रोतका अनुसार ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियो । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकुल हुने गरि चैत २३-२५ मा सहमति जनाएको समाचार नयाँ दिल्लीबाट नयाँ पत्रिकाका लागि परशुराम काफ्लेले पठाएको समाचारमा उल्लेख छ ।