८ बैशाख २०८१, शनिबार
Follow Us

के हो राजकीय भ्रमण ?

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७४, बिहीबार ०७:२६

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली शर्माले चैत २५ गतेदेखि २७ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भनिएको छ । यद्यपि यो समाचारको औपचारिक पुष्टि भइसकेको छैन । नेपालका राष्ट्र प्रमुखले गर्ने भारत भ्रमण प्रायः राजकीय नै हुने गर्छ ।
कूटनीतिक तहमा राष्ट्र वा सरकार प्रमुखको भ्रमण पाँच किसिमको हुन्छ । यसमा राजकीय भ्रमण पहिलो नम्बरमा आउँछ । त्यसपछि औपचारिक भ्रमण, कार्यगत भ्रमण, निजी भ्रमण र सरकारी पाहुनाको रुपमा भ्रमण हुन्छ । सन् २०१२ देखि अहिलेसम्म बेलातीय महारानी एलिजावेद द्वितीयले २ सय ६१ पटक विदेश भ्रमण गर्नुभएको थियो । त्यसमध्ये उहाँका ९६ वटा मात्र राजकीय भ्रमण हुन् । विश्वमा सबैभन्दा धेरै राजकीय भ्रमण गर्ने महारानी एलिवाजेद नै हुनुहुन्छ ।
राजकीय भ्रमणका लागि न्यूनतम यी १० कुरा आधारभूत रुपमा हुनैपर्छ–

१. आगन्तुक पाहुनालाई सम्भव भएसम्म समकक्षीले नै स्वागत गर्नुपर्नेछ ।
२. आगन्तुकको सम्मानमा २१ तोपको सलामी दिइन्छ ।
३. सम्बन्धित देशको सेनालाई दुवै देशको राष्ट्रिय धुन बजाउँछ । राष्ट्रिय धुन बजाउँदा पाहुनाको राष्ट्रिय धुनलाई पहिलो प्राथमिकता दिइन्छ ।
४. गार्ड अफ अर्नरका रुपमा उच्च सैन्य सम्मान दिइन्छ ।
५. पाहुनाको औपचारिक परिचय सम्बन्धित देशका वरिष्ठ अधिकारीहरुसँग गराइन्छ ।
६. दुई राष्ट्रप्रमुखबीच उपहार आदान–प्रदान हुन्छ ।
७. पाहुनाका लागि देशकै तर्फबाट रात्रिकाली खाना कार्यक्रम आयोजना गरिन्छ ।
८. पाहुनाले भ्रमण गरेको राष्ट्रको विशेष स्थान, सैन्य उपलब्धी जनाउने स्थान वा राज्यको विशिष्ठ व्यक्तिको समाधिस्थल भ्रमण गर्छन् ।
९. पाहुना प्रमुखका साथ सामान्यता विदेशमन्त्री पनि रहने प्रचलन छ ।
१०. भ्रमणको अन्त्यमा पाहुना राष्ट्रका प्रमुखले आफ्ना समकक्षीलाई आफ्नो देशको भ्रमण गर्न निम्तो दिने प्रचलन छ ।
सामान्यः राजकीय भ्रमणको सबै खर्च भ्रमण गरेको देशले व्यहोर्छ ।