८ बैशाख २०८१, शनिबार
Follow Us

फोरम नेपालका सचिव काङमाङ माओवादी केन्द्रमा

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७४, शुक्रबार १३:३७

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सचिव अजम्बर काङमाङ राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमालेका पूर्व नेता समेत रहेका राई आज माआवादी केन्द्रको कार्यालय पेरिसडाँडा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । नेता राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका थिए ।

नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक युवा संघ नेपालका अध्यक्ष समेत रहिसकेका राई अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी उपेन्द्र यादवको फोरममा विलय हुँदा केन्द्रीय सदस्यको हैसियतमा थिए । तर पछि उनले आफूलाई दिएको जिम्मेवारीमा असन्तुष्टि जनाएपछि सचिव बनाइएको थियो । उनी भोजपुर प्रदेश सभामा ‘क’ मा एमाले राजेन्द्र राईसँग पराजित भएका थिए ।