७ बैशाख २०८१, शुक्रबार
Follow Us

इयुको सुझावलाई हस्तक्षेप भन्न मिल्दैन : उपेन्द्र यादव

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७४, शुक्रबार १३:४४

रौतहट । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले परराष्ट्र मन्त्रालयले हतासमा आएर हतार हतारमा यूरोपियन यूनियन प्रति वक्तब्य जारी गर्नु सरकारको अपरिपक्वता भएको बताएका छन् । आज रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले नेपालमा अझै पनि जातिय विभेदको अवस्था रहेकाले यूरोपियन यूनियनले भनेको कुरा सुझावका रुपमा लिएर अगाडि बढनु पर्ने बताएका हुन ।

अध्यक्ष यादवले इयुको सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने र त्यसलाई हस्तक्षेप भन्न नमिल्ने पनि स्पष्ट पारे । आफ्नो स्वार्थमा भए वाह वाह गर्ने र विभेदमा परेका समुदायका बारेमा बोल्दा हस्तक्षेप हुने परिभाषा राम्रो नभएको अध्यक्ष यादवको भनाई छ । ओली नेतृत्वको सरकारमा सहभागी हुने नहुने बारेमा कुरा भइनसकेको पनि उनले जानकारी दिए । पार्टी भित्र कुनै विवाद नरहेको र सरकारमा सहभागीताको सम्बन्धमा छलफल निस्कर्षमा पुग्न बाँकी नै रहेको अध्यक्ष यादवको दावि थियो ।