१२ बैशाख २०८१, बुधबार
Follow Us

“जनसम्पर्क समिति बेल्जियमले सम्झियो युगपुरूष स्व. गिरिजा प्रसाद कोईरालालाई”

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७४, शुक्रबार १९:२४

बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले गत मंगलबारका दिन गणतान्त्रिक नेपालका कमान्डर नेपाली राजनीतिका शिखर पुरुष, क्रान्तिनायक,नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व राष्ट्र प्रमुख , सहमति, सहकार्य र एकताको सुत्रधार , युगपुरूष स्व: गिरिजाप्रसाद कोइरालाको आठौं पुण्य स्मृति दिवश मनाएको छ।

नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापती श्री सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिती बेल्जिसमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमा सभापतीको आसन बाट बोल्दै सीता सापकोटाले स्व.कोइरालाले जसरी आफ्नो जीवनको अन्त्यकालसम्म पनी मुलुक र मुलुकवासीको हितको लागि, राष्ट्र र राष्ट्रीयताको लागी लागिरहनु भयो त्यसैगरी वर्तमान कांग्रेस नेतृत्व र आम कार्यकर्ताहरुले स्व: गिरिजाबाबुको त्यो त्याग, मुल्य मान्यता र तपस्या अनी बलिदानीको आत्मसाथ गरे मात्रै स्व. कोइराला प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो, साथै उहाँले भन्नु भयो अब हामी नेपाली काग्रेस गाउँ गाउँ पसेर जनताको मन जित्ने काम गर्नु पर्दछ, पार्टी लाई पुनर्जीवन दिनु पर्दछ, पार्टीमा पुनर्जागरण ल्याउन जरुरी छ र अबको ५ बर्षमा देशको सबै भन्दा ठुलो पार्टी स्थापित गर्न जरुरी भएको बिचार राख्दै उपस्थित सबैमा धन्यवाद ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बेल्जियम स्थित बिभिन्न बैचारिक, सामाजिक एवं क्षेत्रिय र जातिय संगठनहरुको उपस्थिती रहेको थियो। नेपाली जनसम्पर्क समिती बेल्जियमका निबर्तमान सभापती शुभाष जोसी (सन्तोष ), गैर आवासिय नेपाली संघ युरोप संयोजक शिव कुमार बरुवाल, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सदस्य सरस्वती चापागाई, गैर आवासिय नेपाली संघ बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थी, प्रवासी नेपाली मंच बेल्जियमका महासचिव चन्द्र शर्मा, जनप्रगतीशिल मंच बेल्जियमका अध्यक्ष जीत लामा, जनप्रगतीशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, गैर आवासिय नेपाली संघ बेल्जियका पुर्व अध्यक्ष प्रेम गुरुङ, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष डिल्ली अमगाई लगायतले देश र देशवासीको लागी , प्रजातन्त्र र गणतन्त्र प्राप्तीको एवं द्वन्दबाट ग्रसित मुलुकलाई शान्ती प्रकृयामा ल्याउन उहाँले खेलेको भुमिकाको बारेमा आफ्नो मन्तब्य मार्फत मु्क्तकन्ठले उच्च सम्मानका साथ प्रसंसा गर्नु भएको थियो ।

कार्यक्रममा ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट, चितवन सहायता कोष बेल्जियमका उपाध्यक्ष श्रीराम प्रसाई, नवलपरासी समाज बेल्जियमका महासचिव हरी सापकोटा, तमु समाज बेल्जियमकी उपाध्यक्ष दुर्गा गुरुङ, तमुधी बोल्जियमका अध्यक्ष नबिन गुरुङ, एनआरएन ए क्षेत्रिय संयोजक गोपाल दाहाल लगायतको उपस्थिती रहेको थियो। नेजस बेल्जियमकी महिला उपाध्यक्ष माया शर्माले उपस्थित सम्पूर्ण लाई आफ्नो मन्तब्यमार्फत स्वागत स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रम संस्थाका बरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा (देबू ) ले संचालन गर्नु भएको थियो ।