११ बैशाख २०८१, मंगलवार
Follow Us

पाँचौ धौलागिरी तथा चैत्राष्ठमी टि ट्वान्टी कप– नेविसंघ बागलुङ र बुटवल सेमिफाईनलमा

sarusaru
१० चैत्र २०७४, शनिबार ०२:३९

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विद्यार्थी संघ बागलुङ र बुटवल युवा स्पोर्टस् क्लब सेमिफाईनलमा प्रवेश गरेका छन् । शुक्रबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका खेलहरुमा नेविसंघ बागलुङले लेकसाईट क्रिकेट क्लब पोखरालाई ९ विकेट र बुटवल युवा स्पोर्टस् क्लबले रक ११ स्याङजालाई ५ विकेटले पाजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका हुन । नेविसंघले लेकसाईटले दिएको ५० रनको सामान्य लक्ष्य ४ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । नेविसंघको लागि विजय विकले नटआउट २५ रन र रविन जोशिले नटआउट २० रनको योगदान दिएका थिए ।
लेकसाईटको लागि राजु तामाङले १ विकेट लिए । टस जितेर पहिले व्याटिङ गरेको लेकसाईटले १५ ओभर २ बलमा ४९ रनमा सवै विकेट गुमाएको थियो । लेकसाईटको लागि ओपनर प्रेम गुरुङले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । नेविसंघको लागि गणेश केसीले ४, रुपेश सिंहले ३, प्रविन वावरले २ र किसान खड्काले १ विकेट लिएका थिए ।
अर्को खेलमा आनन्द गुरुङले २९ र सिदार्थ अधिकारीले १९ रन बनाएपछि ७९ रनको लक्ष्य पछ्याएको बुटवल युवा स्पोर्टस् क्लब ५ विकेटले विजयी भएको छ । रक ११ स्याङ्जाको लागि धिरज शाहनी र विरु तामाङले समान २–२ र अशोक श्रेष्ठले १ विकेट लिए । टस जितेर पहिले व्याटिङ गरेको स्याङजा बुटवलका बलर सिंह खेलमा चम्किएपछि ९ ओभर २ बलमा ७८ रनमा समेटिएको थियो । स्याङ्जाका सुनिल गुरुङले २९ रन र विरु तामाङल २० रन बनाएपनि अन्य खेलाडी चल्न नसकेपछि सामान्य योगफलमा समेटिएको थियो ।
बुटवलको लागि अमरजित सिंहले ३ ओभरमा ९ रन खर्चेर ६ विकेट हातपारे भने सिकन्दर यादवले ३ र इन्द्रदेव निशानले १ विकेट लिए । प्रतियोगितामा शनिबार राईजिङ क्रिकेट क्लब पोखरा विरुद्ध बागलुङ नगरपालिका–५ मालिका र आयोजकम बागलुङ क्रिकेट क्लब (नीलो) विरुद्ध पोखरा क्रिकेट क्लब विच हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिए । बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र वेष्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन् । खेल चैतको १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।