१३ बैशाख २०८१, बिहीबार
Follow Us

फेसबुकमा प्रतिबन्ध

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार १०:०७

जाजरकोट । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । हिजो शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।