७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार दाहाललाई

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार १२:५४

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको “स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०७५’ नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । शाखाको आज बसेको बैठकले पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु-याएको भन्दै दाहाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको शाखाले जनाएको छ । सम्मान तथा पुरस्कारको राशि रु २२ हजार २२२ रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपाल सम्मानित भइसक्नुभएको छ । यसैगरी, रु पाँच हजार ५५५ राशिको “स्व हरिचरण—भद्रमाया वातावरण पत्रकारिता पुरस्कार—२०७५’ स्थानीय पत्रकार राधा लुईंटेललाई प्रदान गरिने महासंघले निर्णय गरेको छ । सम्मान र दुवै पुरस्कार आगामी २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा वितरण गरिनेछ । साथै, सोही अवसरमा महासंघको शाखा भवनको शिलान्याससमेत गर्ने कार्यसमिति बैठकले निर्णय गरेको छ ।