१२ बैशाख २०८१, बुधबार
Follow Us

नेविसंघमा छानबिन समिति गठन

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार १३:५८

काठमाडौं । नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा शनिबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ । पछिल्ला दिनहरुमा नेविसंघका पदाधिकारी र सदस्यहरुको नाम जोडेर नक्कली सर्टिफिकेट बनाउन संलग्न रहेको भन्दै सामाजिक सन्जालमा समाचार सम्प्रेषण भएको थियो । संगठन र पदाधिकारीको बदनाम गर्ने कार्यमा संलग्नलाई कुनै हालतमा छुट नदिने अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।