८ बैशाख २०८१, शनिबार
Follow Us

हिन्दूधर्म रक्षार्थ श्रीहरिनाम संकीर्तन मेला लाग्ने

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७४, शनिबार १४:०१

काठमाडौं । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ‘स्कोन’को आयोजनामा वैदिक सनातन धर्मको जागरणार्थ श्री हरीनाम संकिर्तन मेला–२०७४ यही चैत १७ गते हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा अन्तर्राष्ट्रिय स्कोनले आज विशेष पत्रकार सम्मेलन गरेर उक्त संकिर्तन मेलाको बारेमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा मेलाका एकमात्र प्रायोजक एवम् बरिष्ठ हिन्दुवादी नेता प्रदीप विक्रम राणाले विश्व मानव जातिको कल्याणको लागि र सनातन वैदिक र हिन्दूअधिराज्य कायम गर्नको लागि यो मेला फलदायी हुने विश्वास दिलाए ।
उनका अनुसार मेलालले नेपालको धर्म र संस्कृतिलाई मजबुद बनाउन टेवा पुग्नेछ । उनले भने,‘यसमा सबैले सहभागिता जनाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । आज पनि हाम्रो देशमा ८३ प्रतिशत नेपालीहरु सनातन हिन्दू धर्मालम्बी छन्, ओमकार परिवार त ९३ प्रतिशत छन्, हिन्दू धर्म नेपालमा परापुर्वकालल्सख चल्दै आएको छ, आफ्नो मौलिक परम्परा, सँस्कृतिलाई निरन्तरता दिनको लागि यो महत्वपूर्ण हुनेछ, कोशेढुँगा सावित हुनेछ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले गाई काटेर खान पाउनुपर्ने भन्दै आवाज उठाउनेहरु देशद्रोही भएको आरोप लगाएका छन् ।
उनले भने,‘राष्ट्रिय जनावरजस्तो सम्मानित जनावर गाई काटेर खान पाउनुपर्छ भन्नेहरु कदापी देशभक्त हुन सक्दैनन्, धर्म निरपेक्षताको गलत प्रयोग गर्ने काम भएको छ, सनातन हिन्दुधर्मले देशलाई आजका दिनसम्म डोर्याएर ल्याएको हो, हाम्रो मौलिक संकृति, वैदिक सनातन हिन्दु धर्मको रक्षार्थ हामीले जाग्नुपर्छ ।
उनले अघि थपे,‘हाम्रा, वेद, व्यास ऋषि तेजस्वी, सन्त गूरुहरुको पवित्र भूमि पनि यही नेपाल हो, यति सुन्दर र विराट देशको उच्च सम्मानित संस्कृतिको जर्गेना गर्नु छोडेर विदेशीका पैसा खाएर मास्ने कुरा हामीलाई स्विकार्य छैन्, सरकारले यस्ता अभिव्यक्ति दिनेहरुलाई कानूनको कठघारामा ल्याएर कारबाहि गरोस्।’
त्यस्तै कार्यक्रममा कारण कृष्ण दास, लोचन दास अधिकारी, उपृेन्द्र दत्त दास, पूर्णामृत दास लगाएतले मेलाको बारेमा आफ्ना कुराहरु राखेका थिए ।
उक्त एक दिने मेलामा सनातन वैद्धिक हिन्दु धर्मको मूल आशय अनुरुप हरिनामको महिमा मानिसले बुझ्न, मानिसकै आचरण शुद्ध पार्न, समाजमा शान्ति कायम होस्, मूल अर्थका सहित पशुपति मन्दिर परिसर हंश मण्डपमा सर्वसाधरणालाई उपस्थित हुनको लागि आयोजकले आग्रह गरेको छ ।