१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउने

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७४, शनिबार १७:०५

अल्डरशट । अल्डरशट स्थानिय नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले नेपाली नयाँबर्ष २०७५ भव्यताकासाथ सम्पन्न गर्ने पूर्व तयारी गरेको छ।
स्थानिय एम्पायर हाउस अल्डरशटमा आगामी अप्रिल १४ साँझ ठिक १८.०० देखि सुरु हुने उक्त कार्यक्रममा नेपाली र स्थानिय इङ्ग्लिश समूदाय लगायत इन्डियन, पाकिस्थानी, श्रीलंकन समूदाय समेतको सहभागिता रहने कुरा प्रवक्ता प्रमिला राइले बताइन।

कार्यक्रमको लागि गत फेब्रुअरि ०६ देखि स्थानीय नेपाली युवा युवती तथा नानीहरुलाई हरेक सोमबार र बुधबार साँझ १७०० देखि २०.०० बजेसम्म नृत्य एवं गायनको तालिम भैरहेको र जसको दिक्षान्त ६ वटा नृत्य सहित नयाँवर्षकै दिन गरिने र नेपाली तथा अंग्रेजी गीत, थप ३ वटा प्रोफेसनल नांच लगायत प्रथम नौमती बाजा गुल्मी यूके र नेपालबाट आएका कलाकारको समेत बेजोड प्रस्तुति रहने कुरा कुरा संयोजक बरिष्ठ उपाध्यक्ष राम धन राइले बताए।

ग्रेटर रशमोर नेपाली कम्युनिटीबाट गरिने कुनै पनि कार्यक्रमको मुख्य लक्ष्य भनेको स्थानिय समूदायसंगको सामिप्यता एवं आपसी सकारात्मक तालमेल भएको र अहिलेको परिवेसमा स्थानिय काउन्सिल, प्रहरी र प्रशासनसंग ग्रेटर रशमोर नेपाली कम्युनिटीको सुमधुर सम्बन्ध कायम हुनुले लोकल सरकारको प्रयास समेत समान रहेको मात्र नभई जी आर एन सीबाट गरिने हरेक कार्यक्रममा प्रत्यक्ष सहयोग एवं सहभागिताको लागि स्वयम काउन्सिल लिडरबाट नेपाली नयाँबर्षलाई आफ्नो क्यालेण्डरमा समावेस गरेबाट बिगत वर्षहरुमा भन्दा यो बर्ष अलि बढी फरक समूदायका मानिसहरुको सहभागिता रहने आशा गरिएको छ। यो नयाँबर्ष कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी, स्थानिय मेयर, मेयारिस, क्याबिनेट लिडर, डेपुटी क्याबिनेट लिडर, आर्मी कर्नेल, प्रहरी, रशमोर फायर एण्ड रेस्क्यु सर्भिसेजका मेनेजर, रशमोर ब्रो काउन्सिलका कम्युनिटी डेभ्लवमेण्ट मेनेजर, रशमोर भोलेण्टरि सर्भिसेजका चिफ एक्युकेटीभ, न्युनतम १५ जना काउन्सिलर, विभिन्न नेपाली र नेपाली बाहेकका संस्थाका प्रतिनिधिको सहभागिता रहने कुरा अध्यक्ष जीव बेलबासेले बताए।
कार्यक्रमको सफलताको लागि सल्लाकार र कार्यसमितिले अथक मेहेनत रहेको छ भने समस्त नेपाली समुदायमा सहभागिताको लागि ग्रेटर रशमोर नेपाली कम्युनिटीले हार्दिक आव्हान गरेको छ।

– प्रमिला राइ