१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कस्ता छन कांग्रेसका नयाँ मन्त्री

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार १८:५०
किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको छ। योसँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागबन्डा मिलाएर मन्त्रालय थपिएको छ।
पार्टी भित्रको लामो रस्साकस्सीपछि अन्तत काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नामावलीलाई पूर्णता दिएको छ। काँग्रेसले विभिन्न जाती, क्षेत्र, समुदाय र लिङगलाई समेटेर मन्त्रीमण्डलमा पठाएको छ। काँग्रेसले पठाएका मन्त्रीहरुको नामावली र उनीहरुले पाएको मन्त्रालयको विवरण यस प्रकार छ।
 
अर्जुननरसिंह केसी
शहरी विकास
 
 
सितादेवी यादव
शान्ति तथा पूनर्निर्माण
 
Image result for sitadevi yadav
 
वालकृष्ण खाँड
रक्षा
 
 
डा प्रकाशशरण महत
परराष्ट्र
 
 
सूर्यमान गुरुङ
श्रम तथा रोजगार
 
Image result for suryaman gurung
 
जीवन बहादुर शाही
पर्यटन
 
Image result for jeevan bahadur shahi
 
रोमी गौचन थकाली
वाणिज्य मन्त्रालय
 
 
हृदयराम थानी
सहकारी तथा गरिवी निवारण 
 
Image result for hridayaram thani
 
दिपक गिरी
सिंचाई
 
Image result for दिपक गिरी
 
गगन थापा 
स्वास्थ्य
Image result for गगन थापा
 
नविन्द्रराज जोशी
उद्योग
 
 
शंकर भण्डारी
वन
 
 
केशव कुमार वुढाथोकी
सामान्य प्रसासन
 
Image result for keshav kumar budhathoki
 
पार्टी नेताहरुले सरकारमा सहभागि हुन जानेहरुको वरियता पनि टुङगो लगाउन गृहकार्यमा रहेको बताइएको छ। काँग्रेस सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समुहका तर्फबाट गरिएको लामो गृहकार्य पछि मन्त्रीहरुको नाम टुङगो लागेको हो। मन्त्रीहरुलाई शुक्रवार विहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको बताइएको छ। सपथ सकिए लगत्तै सभापति देउवा उपचारका लागि पत्नी सहित सिंगापुर जाने कार्यक्रम रहेको छ।