८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७४, आईतवार ०५:२७

काठमाडौं । मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बिच बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका ४ सय नेपाली ब्राजिल र कोलम्बिया लगायत देशमा बिचल्लीमा परेका हुन् ।

अमेरिका पु-याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि उनीहरुको बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका ल्याटिन अमेरिकी देशसम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका हुन् ।

मानव तस्करले अलपत्र पारेका ४० नेपाली निगरागुवामा र ३५० जना कोलम्बियामा २७ महिनादेखि अलपत्र रहेका पीडितहरुले बताएका छन् । अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ ।

अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समयदेखि लुकेर बसिरहेका छन् ।