April 6, 2020

कालिका मन्दिरमा दर्शनार्थीको भीड

  25th March 2018 मा प्रकाशित

चैत्राष्टमी पर्वको आवसरमा कालिका भगवती मन्दिर बागलुङमा दर्शनार्थीहरुको भीड लागेको छ । पश्चिमाञ्चलकै प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरमा पुजापाठ गर्ने भक्तजन तथा दर्शनार्थीहरुको भीड लागेको हो । कालिका भगवती मन्दिरमा पुजाअर्चना गरेमा मनोकाँक्षा पुरा हुने बिश्वासका साथ भक्तजनहरुले बिभिन्न पशुपंक्षीहरुको बलि दिने चलन पनि रहेको छ । मन्दिरमा भीड लागे पछि भक्तजनहरुलाई लाइनमा राखेर पुजा गर्ने व्यवस्था गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । यसैबीच, शुक्रबारदेखि शुरु भएको चैत्राष्टमी मेला २०७४ को दोस्रो दिन पनि बिभिन्न समुहका बीचमा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता संचालन गरिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा यहि चैत १३ गतेसम्म बिभिन्न कार्यक्रमका साथ संचालन हुने गरि शुरु भएको मेलाको दोस्रो दिन बिभिन्न समुहका बीच दोहोरी संचालन गरिएको हो ।
शनिबारको प्रतिस्पर्धावाट राजधानी दोहोरी घर काठमाण्डौलाई पराजित गरि गोधुली दोहोरी घर, वाकओभरवाट गुराँस बिद्या सदन, बिसौनी दोहोरी साँझ र रबिन लामिछानेको समुह अघिल्लो चरणमा प्रवेश गरेका छन् । १२ समुहको सहभागिता रहेको लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ११ हजार १ सय ११, द्धितीयलाई ५५ हजार ५ सय ५५, तृतीयलाई २५ हजार ५ सय ५५ रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । मेलाको अवसरमा खुल्ला राष्ट्रिय लोकदोहोरी, खुला कालिका कप पुरुष भलिबल, खुला टि–ट्वान्टी क्रिकेट, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले बताए । मेलामा रथयात्रासहित नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम र रमाईंलो बाल उद्यानको समेत रहेको खड्काले जानकारी दिए ।
शनिबार कलाकार शिव परियार, जुना श्रीस, प्रकाश सपुत लागएतले आफ्नो प्रस्तुती दिएका थिए । बागलुङको धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको मेला नाफामुखी भन्दा पनि सेवामुखी हुने आयोजकले जनाएको छ । विभिन्न सरकारी तथा निजी संघसंस्था, उद्योगी, व्यवसायीहरुको सहआयोजना मेला सञ्चालन गर्न लागेको खड्काले बताए । विगतका बर्षहरुमा भन्दा यसबर्ष कालिका भगवती मन्दिर परिसरमा निर्माण गरिएको कालिका बन्यजन्तु संरक्षण पार्कको अवलोकन, स्थानीय उत्पादनको प्रदर्शनी महत्वूर्ण रहने खड्काले बताए ।

प्रतिक्रिया