१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र शक्तिपीठ दर्शनको लागि विराटनगरमा

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७४, आईतवार १४:४४

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज विराटनगरको ठाकुरबाडी रोडमा अवस्थित रामजानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । पूर्व राजा शाह झापाबाट विराटचौक हुँदै रामनवमीको अबसरमा रामजानकी मन्दिरमा दर्शनका लागि पुगेका हुन । पूजाअर्चनाका लागि मन्दिरमा पुगेका पूर्वराजलाई सुवेच्छुक र शुभचिन्तकहरुले स्वागत गर्नुका साथै राजाको पक्षमा नारावाजी समेत गरेका थिए ।
पूर्वराजा शाहको शक्तिपीठ दर्शनपछि पूर्व राजा शाह केही समय तीनपैनीस्थित होटल ह्यारिसनमा बस्ने कार्यक्रम छ । सो क्रममा उनले राजावादीहरुसँग भेट गर्नेछन । पूर्वराजा शाह केही समयदेखि आरामका लागि झापामा छन् ।