१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रक्तसंचार सेवामा एनआरएनले सघाउने

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७४, आईतवार १९:२७

क्यानडा- गैर आवासीय नेपाली संघ(एनआरएनए)ले नेपालको रक्तसंचार सेवामा गुणस्तर वृद्धि गर्नको लागि सघाउने भएको छ। उपचारको क्रममा रगत अभाबको कारण ज्यान जाने क्रम नरोकिएकाले सहज र सुलभ रुपमा रक्तदान सहित सेवालाई प्रभाबकारी बनाउने काममा सघाउन अभियान सुरु गरेको हो।

दुई वर्षभित्रमा करिब दुई करोड रुपैयाँ (२ लाख अमेरिकी डलर) रकम संकलन गर्ने योजना बनाएर काम अघि बढेको एनआरएनएन एकेडेमी अन्तर्गतको रक्तसंचार समितिले जनाएको छ।

‘दिगो र सुरक्षित रक्तसंचार भन्ने मुख्य नाराका साथ अल्पकालिन तथा दिर्घकालिन योजना निर्माण गरी योजनाबद्ध काम सुरु गरेको समितिका संयोजक फडिन्द्र पन्तले बताए । ‘कुलर व्यागलाई प्रतिस्थापन गरि नयाँ व्याग वितरण गर्न केहि जिल्लाका लागी सहयोगदाताले प्रतिवद्धता जनाइसक्नु भएको छ,’ पन्तले भने, ‘रकम संकलनका लागी नेपाल तथा विभिन्न देशमा च्यारीटी कार्यक्रमहरु संचालन गर्ने योजना छ।’

एनआरएनले यहाँका रक्त सञ्चार केन्द्रका प्राविधिक क्षमता अभिबृद्धी अन्तर्गत नियमित शिक्षा तथा तालिम प्रविधि तथा सामाग्र सहयोग गर्ने योजना छ । नेपाल रेडक्रस सोसाईटी, स्वास्थ्य मन्त्रालय र एनआरएनको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । प्रारम्भीक चरणमा एनआरएन मार्फत ५५ हजार युरो खर्च गरिसकेको जनाएको छ । एनआरएनए अध्यक्ष भवन भट्ट सम्मिलित टिबिआई गु्रप, एनआरएन नेदरल्याण्ड र नेदरल्याण्डको सेन्क्वीन नामक संस्थाको आर्थीक एवं प्राविधिक सहयोग गरेका थिए।

रक्त संचार सेवाको गुणस्तर बृद्धीले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संयोजक पन्तको भनाई छ । नेपालीहरुले सिकेको सीप, दक्षता र अर्थलाई सामाजिक कार्यक्रममा लगाउनु सकरात्मक रहेको क्यानडास्थित विनिवेगो जेनेरल अस्पतालको रक्तसंचार समितिका सदस्य शुरेसराज गौतमले बताए ।