७ बैशाख २०८१, शुक्रबार
Follow Us

विवादस्पद प्रतिवेदन सभामुखको हातमा

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार ०५:४३

काठमाडौं । युरोपियन युनियन (इयु) ले तयार पारेको विवादस्पद निर्वाचन अनुगमन प्रतिवेदन सभामुख कृष्णबहादुर महराले बुझेका छन् । इयुले तयार पारेको प्रतिवेदनमा खस आर्यलाई आरक्षण सिट दिन नहुने भनेपछि विवादमा परेको थियो । सर्वत्र आलोचना भइरहेको उक्त प्रतिवेदन सभामुख महराले सार्वजनिक हुनु अघिल्लो दिन नै बुझेका हुन् ।

सभामुख महराका सञ्चार सल्लाहकार डिल्ली मल्लका अनुसार उक्त प्रतिवेदन सभामुखको कार्यकक्षमै आएर इयु प्रतिनिधिले चैत ५ गते बुझाएका हुन् । प्रतिवेदन बुझाउँदा यो सार्वजनिक भएको छैन, हामी भोलि पत्रकार सम्मेलन गर्दैछौं भनेको सञ्चार सल्लाहकार मल्लले बताए ।

उक्त प्रतिवेदन सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत इयुलाई उक्त प्रतिवेदन सच्चाउन आग्रह गरेको थियो । यता निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणको बुँदा १२ अनुरुप नभएको भन्दै स्वीकार नगर्ने सहप्रवक्ता मुकुन्द शर्माले बताए । हिजो आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कडा टिप्पणी गरेका थिए ।