७ बैशाख २०८१, शुक्रबार
Follow Us

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

sarusaru
१२ चैत्र २०७४, सोमबार ०६:०१

काठमाडौं : राजधानीको जमलबाट आइतबार सेतो मच्छिन्द्रनाथको रथ तानिएको छ । मच्छिन्द्र बहालबाट बाजागाजासहित सेतो मच्छिन्द्रनाथलाई साँझको साइतमा रथारोहण गरेपछि रथयात्रा सुरु भएको थियो । रथयात्रामा राजधानी काठमाडौंका विभिन्न भू–भागबाट बाजा गाजासहित नेवारी समुदायको सहभागी भएका थिए । सेतो मच्छिन्द्रनाथको जात्रामा ललितपुरको पाटन, चापागाँउ, ठेचो, खोकनाका साथै भक्तपुरदेखि बनेपासम्मका स्थानीय सहभागी थिए ।
– अन्नपूर्ण पोष्टबाट ।