७ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी केन्द्रले बोलायो सचिवालय बैठक

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार ०७:०४

काठमाडौं । माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकले एकताबारे महत्वपूर्ण निर्णय गर्न सक्ने माओवादी नेता मणि थापाले बताउनु भएको छ । एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य थालिसकेका छन् ।

आन्तरिक गृहकार्यकै लागि माओवादीले अस्ति शनिबार पूर्व हेडक्वार्टर सदस्यको बैठक बोलाएर प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो । सचिवालय बैठकमा इन्चार्जहरूले प्रदेश, जिल्ला क्षेत्र र गाउँसम्मको पार्टीको वैचारिक संगठनिक विषयमा रिपोर्ट पेस गर्नेछन् ।