११ बैशाख २०८१, मंगलवार
Follow Us

आज प्रतिनिधिसभाको बैठक, ३ अध्यादेश पेश हुने

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार ०७:०६

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने बैठकमा, सरकारले अघिल्लो सरकारको सिफारीसमा जारी तिन अध्यादेश संसदमा पेश गर्ने प्रकृया अघि बढाउने भएको छ । कानुन मंत्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संसोधन अध्यादेश गएको शुक्रबारै संसदमा दर्ता गरिसकेको छ । गृह मंत्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मंत्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश आज संसदमा दर्ता गर्दैछन् ।