१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खुमबहादुर खड्काको स्वास्थ्यलाभको कामनासहित दाङमा ग्रहशान्ति र चण्डीपाठ

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार ०९:४६

दाङ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामनासहित दाङमा ग्रहशान्ति र चण्डीपाठ गरिएको छ । स्वास्थ्य समस्याका कारण भारतको ओपोलो अस्पतालमा उपचाररत नेता खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गृहजिल्लामा पूजापाठ गरिएको हो ।

घोराही उपमहानगरपालिका १८ मा रहेको अम्वीकेश्वरी मन्दिरमा नेता कार्यकर्ता तथा सुभचिन्तकले पुजा गरेका थिए । शुभचिन्तकले जिल्लाको विकासदेखी राष्ट्रको विकाससम्ममा महत्वपूर्ण भूमीका निर्वाह गरेका नेता खड्काको उपचारमा सरकार र नेपाली कांग्रेस केन्द्रिय समितिले सहयोग नगरेको गुनासो गरेका छन् ।

नेता खड्काको शीघ्र स्वास्थ्य लाभको कामना सहित दाङ लगायत राप्तीका विभिन्न जिल्लाहरुमा पूजापाठ भईरहेका छन् । प्यूठानको स्वर्गद्धारी, सल्यानको खैरावाङ लगायत विभिन्न धार्मीक शक्तिपिठहरुमा पूजापाठ गरिएको छ ।