१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाघको आक्रमणमा एकजनाको मृत्यु

sarusaru
१२ चैत्र २०७४, सोमबार ११:१४

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ ।

गाउँ छिरेको बाघको आक्रमणबाट मनहरी-७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको मृत्यु भएको हो ।

घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते भएका छन् ।

आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
– अनलाइन खबरबाट ।