१३ बैशाख २०८१, बिहीबार
Follow Us

इयुको प्रतिवेदन मधेस केन्द्रित दलको पक्षमा

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार १२:३१

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले निर्वाचन पर्यवेक्षण सम्बन्धी युरोपेली युनियन ‘ईयू’को प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । सोमबारको संसद बैठकमा सांसदहरुले ईयूले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै सच्चाउन माग गरेका हुन ।

वैठकमा एमाले सांसद भीम रावलले प्रतिवेदन नेपालको संविधान विपरित भएको दावि गरे । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपालको आन्तरिक मामिलालाई प्रभावितगर्ने गरी आएको ईयूको प्रतिवेदन आपत्तिपूर्ण रहेको उल्लेख छ ।

बैठकमा मधेस केन्द्रित दलका प्रतिनिधीहरुले भने ईयूको प्रतिवेदन हस्तक्षेप नभएको दावि गरे । राजपाका सांसद लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले लोकतन्त्र र मानवअधिकारको विषयमा ईयू बोल्नु अस्वभाविक नभएको बताए ।

दुबै सांसदले ईयूको प्रतिवेदनलाई स्वभाविक रुपमा नलिन आग्रहपनि गरेका छन् । युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण मिसनले खसआर्यलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्थाबाट हटाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिएपछि त्यसको आलोचना हुँदै आएको छ । प्रधानमन्त्री केपी ओलीले हिजो मात्रै इयुको निर्वाचन पर्यवेक्षण मिसनको पछिल्लो प्रतिवेदनले ’नेपालको सार्वभौमसत्ता र उपलब्धिको अवमूल्यन गर्दै नेपालीलाई हेपेको’ प्रतिक्रिया दिएका थिए ।