६ चैत्र २०८०, मंगलवार
Follow Us

कृष्ण जन्माष्टमीमा लन्डनको प्लमस्टिड मन्दिरमा कृष्ण झुला यात्रा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७३, बिहीबार २१:४५

फडिन्द्र भट्टराई । कृष्ण जन्माष्टमी पर्वको अवसरमा साउथ ईस्ट लण्डनको प्लमस्टिड नेपाली मन्दिरमा कृष्ण झुला यात्रा सम्पन्न भएको छ । भक्तालु हरुले भगवान श्री कृष्णको बाल्य मुर्तीलाई झुलामा आशन गराएर भजन कृतन तथा शंख ध्वनी सहितको नाचगानमा मन्दिर परिसरको परिक्रमा गराएका थिए । परिक्रमा पछीको सन्ध्याकालीन नित्य आरतीमा भक्तजनहरुको घुईचोले मन्दिर प्रांगण खचाखच भरिएको थियो । यस पुर्व पण्डित द्वय निलहरी घिमिरे र बिनोद पन्थीले प्रातकालीन , मध्यकालीन पुजा आजा तथा प्रवचन सम्पन्न गरेका थिए । कृष्ण जन्माष्टमीको अवसरमा बिहानै देखी मन्दिरमा भक्तालुहरुको भिड लागेको थियो । बिशेषत महिला हरुको उल्लेख्य उपस्थिती रहेको उक्त अवसरमा श्रदालु हरु भजन कृतनमा बढी नै मग्न देखिन्थे । बिशेष पर्वको रुपमा आयोजित कार्यक्रममासमापन संगै उपस्थित सबैलाई मन्दिर समितीका अध्यक्ष बालजंग अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । संसार भरिका हिन्दु धर्मालम्बी हरुले भागावान विष्णुको अवतारको रुपमा कृष्ण भगवानले द्वापर युगमा आजकै दिन जन्म लिएको विश्वास सहित पुजा आजा तथा ब्रत बसेर बिशेष धार्मिक पर्वको रुपमा मनाउने गर्दछन । 1 2 4 5