१२ बैशाख २०८१, बुधबार
Follow Us

‘नयाँ शक्ति पार्टी दुध हो, पानीसँग धु्रवीकरण हुँदैन’

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७४, मंगलवार ०७:२६

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग धु्रवीकरणमा नजाने बताउनु भएको छ । उहाँले माओवादी केन्द्रले एमालेसँग गर्न लागेको एकता ‘आत्महत्या’ बराबर हुने टिप्पणी गर्दै नयाँ शक्ति माओवादीमा नमिसिने प्रष्ट पार्नु भएको छ ।
नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ ।
‘हामी दूध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन’, नयाँ शक्ति पार्टी पुराना शक्तिहरुसँग ध्रुवीकरणमा नजाने स्पष्ट पार्दै उहाँले, ‘बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ । तर, पानीमा मिसिन जान सकिँदैन, भन्नु भयो ।
डा. भट्टराईले एमालेसँग एकता गर्ने माओवादीको तयारीप्रति टिप्पणी गर्दै यसलाई ‘आत्महत्या’को संज्ञा दिनु भयो । ‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’, उहाँले प्रचण्डले माओवादीमा फर्किन गरेको आग्रहतर्फ संकेत गर्दै, ‘आत्महत्या नै गर्नु छ त प्रचण्डजीले आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ ? मैले बुझ्न सकिरहेको छैन’ भन्नु भएको छ ।