७ बैशाख २०८१, शुक्रबार
Follow Us

दाताका अगाडि सर्तसहित सरकारका ६ प्राथमिकता

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७४, मंगलवार १०:३७

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आफ्नो सरकारले कुनै पनि सम्झौता नगर्ने प्रष्ट पार्नु भएको छ । मंगलबार नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारका ६ प्राथमिकताका बारेमा जानकारी गराउनुभयो ।

छलफलमा उहाँले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको संरक्षण भएको धारणा व्यक्त गर्नुभयो । स्थिरता र विकास सरकारको प्राथमिकतामा रहेको भन्दै उहाँले त्यसलाई खलल पु-याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै सरकारका ६ प्राथमिकतामा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

त्यसअघि कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासमा सहयोगको अपेक्षा राखेको बताउँदै स्पष्ट नीतिका साथ हातेमालो गर्दै अघि बढ्न आग्रह गर्नुभएको थियो ।

सरकारको विदेश नीति पञ्चशील, असंलग्नता, संयुक्त राष्ट्र संघको चार्टर, अन्तराष्ट्रिय कानून र विश्व शान्तिको सिद्धान्तबाट निर्देशित हुने भन्दै सन्तुलित ब्यवहार गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।