६ बैशाख २०८१, बिहीबार
Follow Us

‘कांग्रेसमा सक्षमभन्दा पैसावाललाई टिकट’

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७४, मंगलवार १५:५५

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी बैठकमा नेतृत्वमाथि पैसावाललाई टिकट वितरण गरेको आरोप लागेको छ । मंगबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वले सक्षमलाई भन्दा पैसावाललाई टिकट वितरण गरेको हुनाले त्यसको छानबिन हुनुपर्ने माग राखे । वैठकमा निर्वाचनको समयमा टिकटलाई लिलामीमा राखिएको भन्दै नेतृत्वको आलोचना भएको छ ।

केन्द्रीय सदस्य धनराज गुरुङले सक्षमलाई भन्दा पैसावाललाई टिकट वितरण गरिएको बताए । लिलामीमा राखिएका टिकट उपर न्यायिक छानविन हुनुपर्ने माग उनले गरेका छन् । गुरुङले टिकट विरतरणका क्रममा अर्का नेता रामचन्द्र पौडेललको पनि दोष रहेको बताए । निर्वाचनमा पराजयपश्चात संसदीय बोर्ड विधान विपरित भएको ज्ञान भएका पौडेलले अघि किन भन्न नसकेको भन्दै गुरुङलाई प्रश्न गरेका थिए ।

अर्का नेता डा.रामशरण महतले टिकट वितरण प्रक्रियाको छानविन हुनुपर्ने बताए । महतले काँग्रेसले १२ अर्बको बजेटलाई १२ सय अर्ब पुर्याएको जस लिन नसकको बताए । नेता मिनेन्द्र रिजालले सहकार्य गरिरहेको माओवादी केन्द्रसँगको गठबन्धन टुट्दा नेपाली काँग्रेसलाई भएको सिट क्षतिलाई तथ्यसहित प्रस्तुत गरेका थिए ।

आजको बैठकमा डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, पुष्पा भुसाल, बद्री पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, अतहर कमाल मुसलमान र आमन्त्रित सदस्य हसन अन्सारीले आ–आफ्नो धारणा राखेका थिए । बैठक २०७४ चैत्र १५ गते विहान ९:०० बजे पुनः बस्नेछ ।