७ बैशाख २०८१, शुक्रबार
Follow Us

तमुधिं यूकेद्वारा च्यारिटी डिनरबाट २५ लाख संकलन

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७४, मंगलवार २१:१९

लण्डन । तमु धि यूकेले आयोजना गरेको च्यारिटी डिनरबाट २५ लाख रुपिया बढि संकलन भएको छ । धादिंग जिल्लाको दुर्गम खादिंगस्थित सरस्वति प्राथमिक विद्यालयको भवन पुननिर्माणको सहयोगार्थ कार्यक्रम गरिएको हो ।

आइतबार सांझ अल्डरसटको एम्पायर हलमा कार्यक्रम सम्पन्न भएको थियो । तमु धि यूके अध्यक्ष ज्ञाम गुरुंगले कार्यक्रमबाट २५ लाख रुपिया बढिको कोष संकलन भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त विद्यालयको भवन पुननिर्माणका लागि तमु धिले पहर ट्रस्टसंग सहकार्य गर्दैछ । भवन निर्माणको सिलन्यास आउंदो अप्लि २५ मा हुंदैछ । जसको लागि तमु धि यूके अध्यक्ष ज्ञाम गुरुंग नेतृत्वको टोली बेलायतबाट जाने तयारी छ ।

कोष संकलनका लागि आयोजित च्यारिटी कार्यक्रममा तमु धि यूके अध्यक्ष ज्ञाम गुरुंगले तमु धिले सन् २००० मा स्थापना भएयता गरेका मुख्य कार्यहरुबारे अवगत गराए ।

बेलायतमा तमु संस्कृतिको संरक्षण तथा प्रबद्र्धनका अलावा संस्थाले विभिन्न मानवीय तथा परोपकारी काम समेत गर्दै आएको उनले बताए । भूकम्पपछि एनआरएनमार्फत १ करोड ११ लाख, दूतावासमार्फत १० लाख सहयोग नेपाल पठाएको तमु धिले तराईका बाढीपीडतदेखि इराकमा मारिएका नेपालीका परिवारलाई समेत सहयोग गरेको अध्यक्ष गुरुंगले स्मरण गरे । नेपालमा अहिले पनि ७७ विपन्न बालबालिकाले तमु धि मार्फत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले तमु धिले सामाजिक क्षेत्रमा पनि उल्लेखनीइ कार्य गरेको भन्दै प्रशंसा गरे । पहर ट्रस्टका अध्यक्ष हवार्ड ग्रीनले विद्यालय पुननिर्माणमा तमु धि ले गरेको पहलको लागि आभार प्रकट गरे ।

कार्यक्रमका संयोजक तथा तमु धि यूके पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुंगले स्वागत मन्तव्य राखेका थिए भने अर्का संयोजक जुमकाजी गुरुंग, एनआरएन यद्दके अध्यक्ष योगकुमार फगामी, भीमगुरुंग लगायतले शुभकामना मन्तव्य दिएका थिए । सचिव तुलाराम गुरुंगले कार्यक्रम सञ्चालन गरेका थिए । कोष संकलनका लागि राफल ड्र तथा अक्सन समेत गरिएको कार्यक्रमको अन्तमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।