७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेफिन यूकेसंग जनजाति नेताको अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७४, मंगलवार २१:४३

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले एक अन्तरक्रिया सम्पन्न गरेको छ । नेफिनले
जनजाति नेताद्धय सुरेश आलेमगर र बालकृष्ण माबहाङज्यूसंग मंगलवार नर्थहोल्टस्थित गोल्डेनसिप रेस्टुरेण्ट अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
नेपालमा पहिचानको आन्दोलन र प्रवासी नेपालीहरुको भूमिका” बिषयक एक कार्यक्रम नेताहरु सुरेश आलेमगर र प्रा. बालकृष्ण माबुहाङले नेपालमा अझै पहिचानको मुद्दा सम्बोधन हुन नसकेको बताए । नेपाल आदिवासी जनजाति महासंघका महासचिब खुशी लिम्बुले संचालन गरेको कार्यक्रममा उठेका विभिन्न जिज्ञासाको उत्तर नेताहरुले दिएका थिए ।