१२ बैशाख २०८१, बुधबार
Follow Us

भूपू गोर्खा हेर्न एनआरएनएको छुट्टै समिति, संयोजकमा गुरुङ

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७४, मंगलवार २२:४२

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बेलायतमा रहेका भूपू सैनिकहरुको मुद्दामा हातेमालो गर्न एक छुटै समिति गठन गरेको छ । भूपू गोर्खाहरुले उठाएका मागलाई संस्थागत रुपमा उठाउने उदेस्यले पहिलो पटक संघले त्यस्तो समितिको गठन गरेको हो । समितिको संयोजकमा लक्ष्य गुरुङलाई तोकिएको छ । समितिको सदस्यहरुमा जयप्रकाश गुरुङ, डेबिड गुरुङ, र्थक सेन, बिस्वस्दिप तिगेला, राष्ट्र राई, युबराज गुरुङ छन् । यस्तै सल्लाहकारमा हिक्मत गुरुङ र एम कुमार गुरुङ (त्रिलोक ) छन् ।