७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘खालीसीसी डट कम’ को चर्चा

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७४, बुधबार ०५:३०

काठमाडौं । विश्वविख्यात फोब्र्स म्यागजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ मा दुई नेपाली महिला उद्यमी पनि पर्नुभएको छ । ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियाली युवा उद्यमीहरुलाई समेटेर सूची प्रकाशित गरिएको हो, जसमा सामाजिक उद्यमशीलता विधामा नेपालका आयुषी केसी र कञ्चन अमात्य छनोटमा पर्नु भएको छ ।
केसी फोहोर व्यवस्थापनमा क्रियाशील ‘खालीसीसी डट कम’ की संस्थापक हुनुुहुन्छ, भने अमात्य ‘दिगो माछा खेति अभियान’ नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुनुहुन्छ ।
खालीसीसीले पुनःप्रयोग गर्न मिल्ने फोहोरको व्यवस्थापनमा योगदान दिएकाले सूचीमा राखिएको फोब्र्सले जनाएको छ ।
अमात्यको कामलाई अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र संयुक्त राष्ट्रसंघले पनि सह्राहना गरेका थिए । उहाँले महिलाको आर्थिक शशक्तिकरणका लागि राष्ट्रसंघीय ग्लोबल च्याम्पियनका रुपमा पनि काम गर्नुहुन्छ ।
यो सूचीमा सचित पण्डित, निशान चण्डी श्रेष्ठ, सुवास श्रेष्ठ पनि पर्नु भएको छ । यी तीन युवाले ‘इको सेल इण्डस्ट्रिज’ नामक संस्था स्थापना गरी सुलभ मूल्यमा भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि आवश्यक सामग्री निर्माण गर्दै आउनु भएको छ ।
फोर्ब्सले विभिन्न १० वटा विधामा ३० –३० जना गरी ३ सय जना युवालाई हरेक वर्ष फोब्र्स थर्टी अण्डर थर्टी मा समावेश गर्दै आएको छ ।