८ बैशाख २०८१, शनिबार
Follow Us

मजस्तो उद्यमी अरु बन्न सकेनन कि ?

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७४, बुधबार १३:२४

रेखा अर्याल, अध्यक्ष, वेएन बहुउद्देश्यीय सहकारी संस्था
भनिन्छ, लक्ष्मीको धन, सरस्वतीको विद्या तथा उर्वशीको विवेकले स्वर्ग बनेको हो । रावणले आफ्नी बहिनी मन्दोदरीको इज्जत गर्न नसक्दा नर्क बनेको उदाहरण दिन्छिन् रेखा अर्याल । उनी वुमन इन्टरपेनर एसोसिएन नेपाल (वेएन) बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष हुन् । यो संस्थाले उद्यमी महिलाले उत्पादन गरेको वस्तुको बजारीकरण गर्छ । महिलालाई उद्यमी बनाउन सकियो भने समाज र देश परिवर्तनका लागि धेरै समय पर्खिनु नपर्ने उनको भनाइ छ । महिलाले कमाए सही ठाउँमा लगानी हुने अर्यालको विश्वास छ । यिनै परिवेशमा अर्यालसँग गरेको कुराकानी :

० यो बहुउद्देश्यीय सहकारीले के गर्छ ?
– यो फेयर टे«ड ग्रुपका सदस्य हो । महिला उद्यमी महासंघले उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने उद्देश्यले वुमन इन्टरपेनर एसोसिएसन नेपाल (वेएन) बहुद्देश्य सहकारी संस्था स्थापना भएको हो ।

० महिला उद्यमीले के–के उत्पादन गर्छन् ?
– खाद्यमा नवरस ब्रान्डका उत्पादनहरू छन् । अचारदेखि लिएर अष्टमण्डल सुप, हुम्लाको दाहालसम्म हामी बजारीकरण गछौं । त्यसबाहेक मिथिला आर्टदेखि लिएर विभिन्न हस्तकलाका सामान हामी उपभोक्तासम्म पु¥याउँछौं । हामी ट्रेनिङ पनि दिन्छौं ।

० के ट्रेनिङ दिनुहुन्छ ?
– इच्छाअनुसारको उद्यमी बन्न, सिलाइ बुनाइलगायतका महिलालाई आत्मनिर्भर बन्ने किसिमका तालिम सञ्चालन गछौं ।

० तपाईंहरूको उत्पादन कहाँ किन्न पाइन्छ ?
– धेरैजसो सुपरमार्केटमा किन्न पाइन्छ । भाटभाटिनी, बिगमार्टलगायतका विभिन्न सुपरमार्केटमा उपलब्ध छ । त्यसबाहेक अन्य पसलमा पनि राखिएको हुन्छ । विदेश निर्यात हुन्छ ।

० महासंघमा कति संस्था आबद्ध छन् ?
– १० वटा संस्था छन् । यो गैरसरकारी संस्था भएकाले व्यापार गर्न मिल्दैन । त्यसैले व्यापारका लागि यो बहुउद्देश्यीय संस्था सञ्चालनमा ल्याइएको हो ।

० संस्थाको तपाईं सधैं अध्यक्ष ?
– होइन, दुई कार्यकालभन्दा बढी नेतृत्व सम्हाल्न पाइँदैन । यो अरुभन्दा बेग्लै किसिमको संस्था हो ।

० वार्षिक कत्ति कारोबार गर्नुहुन्छ ?
– वास्तविक तथ्यांक मसँग अहिले छैन, तर पनि त्यस्तै साढे तीन करोड रुपैयाँको हुन्छ ।

० कत्तिले रोजगारी पाएका छन् ?
– बहुउद्देश्यसँग त्यस्तै १०–१२ जना स्टाफ होलान् । बहुउद्देश्यले भन्दा पनि झन्डै तीन सयभन्दा बढी उद्यमीले रोजगारी पाएका होलान् ।

० तपाईंको उद्यम चाहिँ के हो ?
– स्वीट्र उद्योग छ । यो उद्योग लगभग तीन दशक पुग्न लाग्यो ।

० सिजनेवल उद्योग हो ?
– होइन, जाडो सिजनको माग धान्न बाहै्र महिना उत्पादन गर्नुपर्छ । स्टाप राखेपछि उनीहरूलाई काम दिनु पनि प¥यो ।

० हातले बुन्ने स्वीटर हो ?
– होइन, कम्प्युटराइज मेसिन छ । डिजाइनअनुसार धागो फिट गर्नुपर्छ, स्वीटर तयार हुन्छ । धागो अल्झियो भने स्टापले हेर्छन् ।

० कसले लगाउँछ ती स्वीटर ?
– विशेष गरी स्कुल र सेक्युरिटी कम्पनीमा सप्लाइ हुन्छ । म कपडाको काम पनि गर्छु, जसले फेसन डिजाइनसँग नजिक बनाइराख्छ ।

० उद्यमी बन्न कसले पे्ररित ग¥यो ?
– जागिर खाने सोच थियो, परीक्षा पनि दिएँ, तर पास हुन सकिनँ । जागिरको चक्कर छाडें, विस्तारै उद्यमी बन्ने सोच आउन थाल्यो । बिहान उठेपछि पत्रिकाको हेडलाइन पढ्ने मेरो आदत थियो । एक दिन औद्योगिक व्यवसाय प्रतिष्ठानले उद्यमी बन्ने तालिम दिने विज्ञापन निकालेको रहेछ । त्यो विज्ञापनले मेरो ध्यानाकर्षण ग¥यो । तालिम लिएँ, तालिमपछि पाँच हजार रुपैयाँ लगानी गरेर स्वीटर उद्योग खोलें । पछि सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिएर व्यवसायलाई व्यापक बनाउँदै लगें ।

० परिवारले सहयोग ग-यो ?
– बाहुनकी बुहारी परिवारको सहयोगबिना केही गर्न सम्भव होलाजस्तो लाग्दैन । परिवार पढेलेख भएको हुनाले मनग्गे सहयोग प्राप्त भयो । व्यवसायले विस्तारै पिकअप लियो ।

० परिवार सम्पन्न हो ?
– मध्यमवर्गीय परिवार हो, सबैको जागिर थियो । अन्य बुहारीहरू पढेलेखेका भए पनि घरमै बस्थे, म चाहिँ उद्यमतिर लागें ।

० श्रीमान् के गर्नुहुन्छ ?
– नेपाल राष्ट्र बैंकका अवकासप्राप्त कर्मचारी हुनुहुन्छ ।

० अन्य बुहारीहरूभन्दा फरक हुनुहुँदो रहेछ ?
– अरु बुहारीहरू त्यसै बसेका हुँदैनन् । घरको काम पनि त्यत्तिकै हुन्छ, त्यसलाई सम्हाल्नुपर्छ । प्रत्येक महिलाले दोहोरो जिम्मेवारी निर्वाह गरिरहेकै हुन्छन् । मजस्तो उद्यमी बन्न सकेनन् होला, त्यो बेग्लै कुरा हो ।

० घरको कामभन्दा उद्यमीमा खुुसी हुनुहुन्छ ?
– हो, म काममै रमाउँछु, यसले दाम पनि हात पर्छ, व्यस्त पनि बनाउँछ । उद्यमसँगै घरको काममा पनि म व्यस्त नै रहन्छु । अर्थात् मैले पनि दोहोरो जिम्मेवारी पूरा गरिरहेकै हुन्छु ।

० महिलाका बारेमा अध्ययन पनि गर्नुभएको छ ?
– त्यस्तो अध्ययन त गरेकी छैन, तर महिला उद्यमशील बन्नुपर्छ भन्ने मान्यता राख्छु । अर्थ हातमा भए महिलाको आत्मविश्वास बढ्छ । काम ठूलो सानो हुँदैन । महिला मेहनत र लगनशील बनेमा समाज र देश परिवर्तनका लागि धेरै समय लाग्दैन ।

० कसरी ?
– महिलाको हातमा अर्थ भयो भने उसले सही ठाउँमा लगानी गर्छे । आफूले सुरु गरेको उद्यममा महिलाहरू मेहनत गर्छन्, लगानशील बन्छन् । महिलाको लगानशीलता र मेहनतको प्रभाव समाजमा पर्छ । महिलाले आफ्नो परिचय बनाउँछिन् । फलानोको श्रीमती भनेर चिनाइराख्नु पर्दैन ।

० आममहिलाको स्वभाव कस्तो पाउनुभयो ?
– महिलाको स्वभाव लगानी र मेहनत गर्ने नै हुन्छ । १६ कलाले भरिपूर्ण कोही पनि हुँदैन । महिलाहरू विशेष गरी कामकाजी बन्न रुचाउँछन्, आफ्नो पहिचानमा बाँच्नुपर्छ भन्ने मान्यता राख्छन् ।

० थातथलो कहाँ हो ?
– विराटनगर, बरगाँछी नजिक मेरो माइती हो । अहिले काठमाडौंमै बसोबास छ ।

० पढाइ लेखाइ ?
– विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्नातकसम्मको अध्ययन गरें । त्यसपछि विवाह भयो, काठमाडौं आएँ ।

० विवाह कसरी सम्भव भयो ?
– पारिवारिक सम्बन्धले मेरो विवाह भएको हो । घरको जेठी बुहारी मेरी फुपूदिदी हुनुहुन्थ्यो । उहाँहरूमार्फत म पनि त्यही घरमा भित्रिएँ ।

० विवाहपछि घरमा एडजस्ट हुन कठिन भएन ?
– भएन, म राजनीतिक संस्कार भएको घरमा हुर्किएकी थिएँ । बुवा मोरङमा नेपाली कांगे्रसको जनसम्पर्क अधिकृत हुनुहुन्थ्यो । विवाह भएर पुगेको घर पनि शिक्षित थियो ।

० बुवा कांग्रेस राजनीतिमा हुनुहुँदो रहेछ ?
– कोइराला परिवारको सामीप्यमा रहेर बुबाले राजनीति गर्नुभयो ।