१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रमले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७४, बुधबार १३:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उहाँ रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने हुनुभएको नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो । “कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।