१५ चैत्र २०८०, बिहीबार
Follow Us

आउने वर्ष ८९ दिन मात्रै सार्वजनिक विदा

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७४, बिहीबार ०४:५७

काठमाडौं । सरकारले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले बिदा कटौती गर्ने निर्णय गरेको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ सालको तुलनामा ०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।

सरकारले लक्ष्य लिएको आर्थिक समृद्धि हासिल गर्न कार्य्दिवस बढाउनुपर्ने भएकाले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सरकारको निर्णयअनुसार अब २०७५ सालमा सार्वजनिक बिदा ८९ दिन मात्रै हुनेछ । यसमा सबैका लागि ६७ र कुनै खास धर्म र सम्प्रदायका लागि २२ दिन बिदा हुनेछ ।

गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, घटस्थापना, दसैँको द्वादशी र कोजाग्रत पूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी लगायतका बिदा कटौती भएको बताइएको छ ।