१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बुढीगण्डकीमा फेरि चीनको आँखा

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७४, बिहीबार ०५:०१

काठमाडौं । चिनियाँ राजदूत यु होङले बुढीगण्डकी आयोजनाबारे सरकारको आधिकारिक धारणाबारे जिज्ञाशा राख्नु भएको छ । ऊर्जामन्त्री वर्षमान पुनसँगको भेटमा उहाँले बुढीगण्डकी आयोजनामा सरकारको योजना के हो ? भनी जिज्ञाशा राख्नु भएको हो ।

राजदूत होङले गेजुवालाई दिएको बुढीगण्डकी आयोजना फिर्ता गर्ने नेपाल सरकारको निर्णयले चिनियाँ कम्पनीहरु नेपालमा लगानी लिएर आउन पछाडि हटेको जानकारी पनि मन्त्री पुनलाई दिनु भएको छ ।  उहाँले, ‘सरकारी कम्पनीले पाएको ठेक्का नै सरकारले नै रद्ध गर्दा हामी पनि चिन्तित छौं । वर्तमान सरकारले यसबारेमा के सोचेको छ ? हामी जान्न चाहान्छौं’ भन्नु भएको छ ।

राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन सरकार र त्यहाँको निजी क्षेत्र इच्छुक रहेको भन्दै त्यसका लागी सरकारले पनि उपयुक्त वातावरण बनाउनपर्ने पनि बताउनु भएको छ । अहिले चिनियाँ कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको बताइएको छ ।