१४ बैशाख २०८१, शुक्रबार
Follow Us

५७ हजार बढी कर्मचारी स्थानीय तहमा पठाइने

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७४, बिहीबार ०५:०३

काठमाडौं । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो । अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।

यसमा श्रोणिविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ । २५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।

यस्तै त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् । ७७ वटा जिल्ला समन्वय समिति थपिँदा स्थानीय तहको संख्या ८३० पुग्छ । बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी २०७४ पास भएको छ ।