१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बलेवा बिमानस्थलमा आज नेपाल एयरलाइन्सको उडान

sarusaru
१५ चैत्र २०७४, बिहीबार ११:२९

बागलुङको बलेवा विमानस्थलमा विगत २६ वर्ष पछि प्लेन चल्न शुरु भएपछि यहाँको रौनक नै बढेको छ । यहि चैत्र ५ गतेको परिक्षण उडान सफल भए लगत्तै तारा एअरले पहिलो उडान ९ गते भरेको थियो । तारा एअरले उडान भरेको ६ दिन पछि आज चैत्र १५ गते दोस्रो उडान नेपाल एअरलाईनस ले भरेको छ । नेपाल एअरलाईन्सको यो पहिलो उडानमा चालक दल सहित १८ जना यात्रुहरु सवार थिए भने बागलुङ बाट काठ्माण्डौ तर्फ जाने चालक दल बाहेक यात्रु संख्या ६ रहेको छ । विमान उडान तालिका हरेक साताको आईतवार तारा एअरलाईन्स र विहिवार नेपाल वायु सेवा निगम ले भर्नेछ ।