११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली फिल्ममा एउटा अर्को अर्ग्यानीक गीत

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७४, बिहीबार १८:५०

पुष्कर बराल ।

न्युयोर्क,अमेरीका ।

पछिल्लो पुस्तामा नेपाली अर्ग्यानीक गीत संगीतको खडेरीनै लागीसकेको अबस्था छ । नेपाली लोकलयका टिपीकल गीत संगीतहरु बजारमा आउने छाडीसकेका जस्ता देखिन्छन् । पश्चिमा संस्कृतिको सिको र कपिले पछिल्लो पुस्तालाई लपक्कै पारेको छ । झट्ट सुन्दा रमाईलो लागेपनी त्यस्ता कपी गीत संगीतहरुले भोलीको दिनमा शून्य दर्शक र श्रोता पाउने छन् । पछिल्ला केहि सफल भनीएका नेपाली चलचित्रका थुप्रै गीतहरु चोरीका भएका भेटीएर ठुलै बिबाद र झमेलामा फसेका छन् । उदाहरणका लागी कृ फिल्मको उकालीमा, छक्का पन्जा २ को हे दाजु , सत्रुगतेको रुपै मोहनी आदी आदी । अहिले लोकप्रियताको नाममा गीत संगीत फिल्म कला साहित्य थेसिस जस्ता अनेक क्षेत्रको वौद्धिक सिर्जनाको चोरी हुने क्रम ह्वात्तै बढेको छ । कसैका सृजना चोरेर रातारात चर्चित हुने अनी मालामाल हुनेहरुले यो हेक्का राख्नु पर्दछकी म कसैको सृजनामा बलात्कार गरीरहेछु । अब भनौ त्यस्ता कलाकारलाई कहिले र कसरी शान्ती मिल्न सक्छ र ? यो प्रश्न तिनिहरु लाईनै ।

नेपाल प्रतिलिपि कानुनको कुरा गर्दा नेपाली ऐन बिस २०५९ को दफा २७ मा प्रतिलिपि अधिकार उल्लंघन भएको भेटीएमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना साथै ६ महिना जेल वा दुवै । यसै गरेर पुन दोस्रो पटक प्रतिलिपि अधिकार उलँघन भएमा २० हजार देखि दुई लाख जरिवाना अनी एक वर्षसम्म जेल वा दुवै सजायको व्यवस्था हुन सक्ने भनेर उल्लेख गरीएको छ । तर यस तर्फ त्यति कसैको ध्यान नगएको कलाकर्मिहरु बताउछन् ।

नेपाली चलचित्रको क्षेत्रमा ४ सुपरहिट चलचित्र दिन सफल निर्देशक एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ आगामी जेष्ठ दोस्रो साता देखी देश ब्यापी रुपमा लाग्दैछ । बोहराले फिल्म ‘ठूली’ अग्नी परीक्षा’ का साथै ‘मुटु’र ‘कान्छा’ जस्ता सुपरहिट सिनेमाहरु नेपाली सिने जगतलाई दिई सकेका छन् ।

उनै चर्चित निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशनमा बनेको फिल्म भैरेको शिर्ष गीत “सनम माया लाको“ नेपाली लोक आधुनिक गीत सर्बजनीक भएको छ । नेपाली लोक संस्कृतीको भाकालाई टपक्कै टिपेर गीतमा उनिएको गीत निकै उत्कृष्ट छ । नेपाली लोक संस्कृति, नेपाली टिपीकल बाजाहरु, पन्चेबाजाहरु, नेपाली भाका, नेपाली माटोको आवाज र सुगन्धलाई गीतमा देख्न सकिनेछ। निर्देशककै शब्दमा गायक यम बरालले नै संगीत भरेका छन् भने गायनमा उनै यम बराल र अन्जु पन्तको दरीलो शुरीलो आवाजले गीतलाई अझ बलीयो र युगन्तकारी बनाईदिएको छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफीले गीतलाई अझ ससक्त र शुन्दर बनाएको देख्न सकिन्छ। गीतमा बिभिन्न नेपाली भेषभुषा, रीति संस्कृतिलाई समाबेश गरेर हिजो आजको पुस्ता र भोलीको पुस्तालाई समेत जोड्न सक्ने शक्ति गीतमा छ भन्दा अत्युक्ति हुँदैन । माथी भनीए जस्तै यो गीत पनी बिबादमा आउछ आउदैन, कति दर्शक र नेपालीहरुको मनमा बस्न सफल हुन्छ त्यो त हेर्न बाँकी नै छ ।

यो भैरे फिल्मको सनम माया लाको गीतमा नायक दयाहाङ्ग राई र सुरक्षा पन्तलाई देख्न सकिन्छ । २ साता अघि फिल्मको अर्को गीत “सान्नानी लाई भेट्न आउदा” युट्टुबबाट बाहिर आएको थियो । त्यो गीतले पनि राम्रै चर्चा बटुलीरहेको छ ।

काठमाण्डौ, पोखरा र मुस्ताङ्ग लगायत क्षेत्रमा छायांकन भएको फिल्ममा दयाहाङ्ग राई, बुध्दि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा ,बर्षा सिवाकोटी र सुरक्षा पन्त लगायतक कलाकारको भूमिका रहेको फिल्म युनिटले बताएको छ । एभरेष्ट सुर्य बोहराले फिल्म कस्तो बनेको छ भन्ने प्रश्नमा फिल्मको कथा बढि रोमान्चित रहेको सबैको मन जित्ने आशा ब्यक्त गरे ।

फिल्ममा अनुबन्धित मुख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथा निकै मन परेका कारण आफुले काम गरेको बताए ।

चलचित्र उध्योगलाई अझ उचाईमा पुर्याउन यो फिल्म बन्नलागेको बरिष्ठ गायक तथा ’भेरै’का सहनिर्माता यम बरालले बताएका छन् ।

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि. ले निर्माण गर्नलागेको यो फिल्मको निर्माता प्रेम प्रसाद पौडेल र देवि माया अधिकारी हुन् भने लेख बहादुर पुन कार्यकारी निर्माता रहेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन, निर्देशक एभरेष्ट सुर्य बोहराको कथामा पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहनेछ । फिल्ममा गायन तथा संगितमा यम बराल,बसन्त सापकोटा, मेलीना राई तथा अन्जु पन्थको रहेको छ ।