१३ बैशाख २०८१, बिहीबार
Follow Us

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ०४:५३

काठमाडौं । आमाको उपचार गर्न आएकी महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेनका अर्जुन कोइराला रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं अनुसार उनले आमाको उपचारका लागि सहिद गंगालाल हृदय रोग उपचार केन्द्रमा आएकी पीडित महिलालाई चिकित्सक बनेर सम्पर्क बढाएका थिए ।

चिनजानपछि एकदिन सानीआमाकोमा जाँउ भनि नयाँ बसपार्कमा रहेको होटलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । महिलाको उजुरीपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अस्पतालमा रहेको ‘सिसिटिभी’ का दृश्यका आधारमा कोइरालालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका कोइरालालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

कोइराला नेपाली सेनामा कार्यरत रहँदा समेत जर्वजस्र्ती करणी मुद्दामा कारबाही भएर बर्खास्तमा परेका थिए ।