१५ बैशाख २०८१, शनिबार
Follow Us

टर्कीले भन्साररहित सुविधाको धागो रोक्ने

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ०५:०१

काठमाडौं । टर्की सरकारले नेपाली धागोमा दिँदै आएको भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको छ । एक्रोलिक यार्न नाम गरेको धागो नेपाली उद्योगहरुको क्षमताको तुलनामा अस्वभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको हो ।

स्रोतका अनुसार नयाँदिल्लीस्थित टर्की राजदूतावासले नेपाली धागोलाई दिँदै आएको भन्सार सुविधा कुनै पनि बेला हटाउन सक्ने चेतावनी अनौपचारिक रुपमा नेपाली पक्षलाई दिइसकेको छ । टर्कीले त्यो सुविधा हटाएको खण्डमा सिथिल बन्दै गएको निर्यात व्यापारलाई अर्को झट्का लाग्नेछ । टर्की नेपाली धागोको सबभन्दा ठूलो बजारमध्ये पर्छ ।