१५ चैत्र २०८०, बिहीबार
Follow Us

सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७३, शुक्रबार १३:४४

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर जानुभएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनुहुनेछ । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उहाँ आज त्यसतर्फ जानुभएको हो ।