८ बैशाख २०८१, शनिबार
Follow Us

देशभर मौसम बदली, चट्याङबाट सतर्क रहन मौसमविद्को सुझाव

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार ०८:१८

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर मौसम बदली भएको छ । केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु पूर्वतिर सरिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।उहाँका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज केही ठाउँमा पानी पर्नेछ ।

प्रि–मनसुन सुरु भएकाले मौसममा एकाएक परिवर्तन आएको उहाले जानकारी दिनु भयो । मौसममा आएको बदली एक दुई दिन रहने मौसमविद् प्रधानाङ्गले बताउनु भयो । यस्तै स्थानीय वायुको प्रभावले दिउँसोपछि चट्याङ र हावाहुरी पनि आउने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले सुझाव दिनु भयो ।